दफा ३०
छुट भएको महसुल वा जरिबाना असुल गर्ने
(१) भन्सार कार्यालयमा निकासीकर्ता/वा पैठारीकर्ताले तिर्नु वा बुझाउनु पर्ने महसुल कुनै वस्तुको -मूल्याङ्गढन वा गणितीय भूलबाट वा वस्तु वर्गीकरण शीर्षक वा उपशीर्षक फरक परेर वा अन्य कुनै कारणले छुट भएको पछि देखिएमा वा निजले बुझाउनु पर्ने कुनै जरिबानाको रकम बुझाउन बाँकी भएमा भन्सार कार्यालयले त्यस्तो जानकारी पाएपछि छुट भएको महसुल वा जरिबाना दाखिला गर्न सम्बन्धित निकासीकर्ता बा पैठारीकर्ता वा निजको भन्सार एजेन्टलाई अविलम्ब लिखित सूचना दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिमको सूचना प्राप्त गर्ने व्यक्तिले ऐनको दफा २३ बमोजिम त्यस्तो सूचना पाएको पन्ध्र दिनभित्र त्यस्तो छुट भएको महसुल वा जरिबाना भन्सार कार्यालयमा बुझाउनु पर्नेछ। त्यस्तो रकम तिर्न वा बुझाउन नपर्ने वा पहिले बुझाइसकेको भए सोही व्यहोराको जानकारी र सोको वस्तुगत आधार तथा प्रमाण समेत सूचना पाएको पन्ध्र दिनभित्र भन्सार कार्यालयमा पेस गर्नु पर्नेछ।

(३) उपनियम (२) बमोजिम रकम तिर्न वा बुझाउन नपर्ने वा पहिले बुझाइसकेको जानकारी प्रमाण सहित प्राप्त भएमा भन्सार कार्यालयले जाँचबुझ गरी व्यहोरा मनासिब भएमा त्यस्तो रकम तिर्न नपर्ने जानकारी निवेदकलाई गराउनेछ र निवेदकको व्यहोरा र. प्राप्त प्रमाण मनासिब नभएमा त्यस्तो रकम दाखिला गर्न सात दिनको म्याद दिई पुनः सूचना दिनु पर्नेछ।

(४) उपनियम (३): बमोजिम सूचना पाएपछि सम्बन्धित व्यक्तिले सो सूचनाको म्यादभित्र त्यस्तो रकम दाखिला गर्नु पर्नेछ। सो म्यादभित्र रकम नबुझाउने व्यक्तिको जुनसुकै भन्सार कार्यालयबाट हुने कारोबार रोक्का गर्न वा जुनसुकै सरकारी कार्यालयमा रहेको निजको सम्पत्तिबाट असुल उपर गर्न सकिनेछ।

तर लिन छुट भएको महसुल पाँच सय रुपैयाँभन्दा कम भएमा त्यस्तो महसुल वा जरिबाना असुल गरिने छैन।

(५) जरिबाना वा छुट महसुल बुझाउन यस नियम बमोजिम: सम्बन्धित भन्सार एजेन्टलाई सूचना गरेकोमा निजले सो सूचना तुरुन्तै सम्बन्धित निकासीकर्ता वा पैठारीकर्तालाई उपलब्ध गराई निर्धारित अवधिभित्र त्यस्तो महसुल रकम दाखिला गर्नु वा गराउनु र त्यस्तो जरिबाना वा छुट महसुल असुल गर्ने प्रयोजनको लागि आवश्यक परेमा सम्बन्धित निकासीकर्ता वा पैठारीकर्तालाई भन्सार कार्यालयमा उपस्थित गराउन सहयोग गर्नु सो भन्सार एजेन्टको कर्तव्य हुनेछ।

(६) कुनै निकासीकर्ता वा पैठारीकर्ताबाट छुट महसुल असुल गर्न बाँकी रहेकोमा यस नियम बमोजिमक्रो अवधिभित्र दाखिला नगरेको तथ्य जानकारी हुँदाहुँदै, निजको वस्तु जाँचपास गर्ने भन्सार कर्मचारीलाई प्रचलित कानून बमोजिम विभागीय सजाय हुनेछ।